चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
२०८० असोज ०९ गते मंगलबार दिउँसोको मौसम देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

ADVERTISEMENT

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?