बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रूपन्देही । बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन गरिएको छ । महिला उद्यमीले सञ्चालन गरेको उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामान सुपथ मूल्यमा बिक्री गर्ने गरी कोशेली घर सञ्चालनमा ल्याइएको हो । कोशेली घर सञ्चालनका लागि स्थान तथा व्यवस्थापन संघले गरेको छ भने सञ्चालन जिम्मेवारी स्थानीय उद्यमी निर्जला थापाले लिनुभएको छ । कोशेली घरमा विद्युत् तथा पानीको व्यवस्थापन संघले नै मिलाएको कोशेली घरका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य जमुना पौडेलले बताउनुभयो ।

संघमा सोमबार एक कार्यक्रमबीच कोशेली घर तथा मोटिभेसन कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य तथा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । सो अवसरमा महासंघका वाणिज्य उपाध्यक्षसमेत रहनुभएका कार्यवाहक अध्यक्ष वैद्यले कोशेली घरले यस क्षेत्रको महिला उद्यमशीलतामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अझै पनि मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार तयार नभएमा उद्योगी व्यवसायी सडकमा आउन बाध्य हुने चेतावनीसमेत दिनुभयो । उद्योग व्यवसायमा संकटकालको अवस्था आएको भन्दै उहाँले सानाठूला सबै उद्योगी व्यवसायीलाई आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभएको हो । कार्यवाहक अध्यक्ष वैद्यले भन्नुभयो, ‘करको दायरामात्रै होइन, दर पनि वृद्धि भएको छ, बैंक ब्याज उच्च छ, व्यापार व्यवसायमा मन्दी आएको छ । सरकार हाम्रा कुरा सुन्दैन, अब सडकमा आउनुको विकल्प छैन ।’

ADVERTISEMENT

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजूले मुलुकको आर्थिक अवस्थाका कारण उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो । उहाँले व्यापार व्यवसायमा आएको मन्दीले कतिपय व्यापारी तथा उद्योगी पलायन भइसकेको र कतिपय पलायन हुने अवस्थामा रहेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो । साथै महिला उद्यमीको उद्यमशीलता विकास तथा उत्पादित वस्तुको बजार पहुँच बढाउन लागि कोशेली घर सञ्चालन गरिएको कसजूको भनाइ थियो ।

कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, महासंघकी सदस्य तथा महिला समितिकी सभापति कमला श्रेष्ठ, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याल, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको कार्यक्रममा महासंघका पूर्वसदस्य तथा मोटिभेटर रञ्जित आचार्यले व्यावसायिक प्रवद्र्धनसम्बन्धी प्रस्तुति दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?