काठमाडौं । स्टार हस्पिटलले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । सेयर निष्कासन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बिहीबार एक कार्यक्रमबीच स्टार हस्पिटलका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
स्टार हस्पिटलले ४० करोड सेयर पुँजी बराबरको सय अंकित दरका ४० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पुँजी भएको हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार सेयरसहित ८५ करोड चुक्ता पुँजी रहेकोमा निष्कासनसँगै केही संस्थागत लगानीकर्ता, बिमा कम्पनी, प्राइभेट इक्विटी कम्पनी तथा निजी संस्थागत लगानीकर्तासमेत गरी चुक्ता पुँजी दुई अर्बभन्दा बढी हुने हस्पिटलले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच