पूर्वसहमति बमोजिम उच्चस्तरीय छानबिन आयोग बनाउन सरकारले बोलायो बैठक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सरकारले पूर्वसहमति अनुसार सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग नबनाएपछि एमालेले आपत्ति जनाएको छ।

गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणको सत्यतथ्य छानविन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न सरकारले यस अघि सहमति गरेको थियो ।

लामो समय संसद अवरुद्ध भएपछि सत्ता र प्रतिपक्ष दलबीच असोज ५ गते सुन तस्करीको विषयमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने र सोही दिनबाट आयोगले काम थाल्ने सहमति भएको थियो । उक्त सहमतिमा सरकारले तदारुकता नदेखाएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले असन्तुष्टि जनाएको छ ।

एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्ने आयोग आजै घोषणा गरी कार्य प्रारम्भ गर्न माग गरेको छ ।

एमालेले सरकारसँग भएको सहमति अनुरुप सुन तस्करी प्रकरणको छानबिन गर्न आज नै आयोग घोषणा भई कामको थालनी हुनुपर्ने बताएको हो ।

एमालेका सचेतक महेश बर्तौलाले सरकार संसदबाट गरेको प्रतिवद्धता पूरा नगर्न उद्यत देखिएको  आराेप लगाउनु भयाे ।

ADVERTISEMENT

उहाँले आयोग गठन भएर कार्य प्रारम्भ नभए सरकार सुन तस्करलाई बचाउन लागि परेको प्रमाणित हुने समेत बताउनु भयो ।

उहाँले सहमतिप्रति छल नगरी तोकिएको मितिमै आयोग गठन गर्न सरकार समक्ष माग गर्नुभयो । एक महिनाको लागि तयारी समय दिएर सहमति गरिएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री विदेशमा हुनुले आयोग घोषणामा कुनै बाधा नपर्ने पनि बताउनु भयो ।

यसैबीच सरकारले आजै केहीबेरमा गृहमन्त्रालयमा छलफलका लागि बैठक बोलाएको एक नेताले जानकारी दिए ।

यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए ।

प्रमुख दलहरुबीच सुन प्रकरणमा सीआईबीको अनुसन्धानपछि आजैबाट आयोग गठन प्रक्रिया थाल्ने सहमति भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?