काठमाडौं । यसअघि संविधान सभाअध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रोकिएको बीपी साहित्य महोत्सवको आज पुनः सुरु हुँदैछ । नेपाली कांग्रेसले बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर गत २४ भदौदेखि साहित्य महोत्सव पार्टी केन्द्रीय कार्यालय सानेपामा गरेको थियो ।
आज बीपी साहित्य महोत्सव बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । महोत्सव आज नै समापन हुने कांंग्रेसले जनाएको छ । यसअघि तय भएका केही कार्यक्रम हटाइएको छ । आज ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ शीर्षकमा शिक्षाविद केदारभक्त माथेमाको ‘की नोट स्पीच’ हुनेछ । यसैगरी ‘समावेशिता, सामाजिक रुपान्तरण र बिपी’ शीर्षकको छलफल कार्यक्रममा चित्र लेखा यादव, आहुति, मोहना अन्सारी सहभागी हुनेछन् । यसको सहजकर्ता हरि बहादुर थापाले गर्नेछन् ।
वक्ताहरु शिव रिजाल, तारालाल श्रेष्ठ, धनकुमारी सुनार ‘समय र सबाल्र्टन’ शीर्षकको छलफल कार्यक्रममा सहभागी हुनेछन् ।
‘बिपीका आख्यानमा नारी’ शीर्षकमा वक्ताहरु नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी, ‘परिवारले बुझेका बिपी’ शीर्षकमा डा। शशांक कोइराला, डा। शेखर कोइराला र सुजाता कोइराला रहने छन् ।
यसैगरी कृष्ण सिटौला, दमननाथ ढुंगाना र निलाम्बर आचार्यले ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षकको छलफलमा भाग लिने छन् । यसको सहजीकरण रमेश लेखकले गर्नेछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा