काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । शुक्रबार राती गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर चार जना हत्या गरिएको प्रहरीले जनाएको छ ।
चार जनाको शव विभत्स रुपमा फेला परेको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर हुनुभएका करिब ५५ वर्षीय कुमार भुजेल, उहाँकी श्रीमती शुभद्र वाइवा, कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर हुनुभएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताउनुभयो ।
एकै परिवारका तीन जना र एक जना छिमेकीको हत्या भएको प्रहरीले जनाएको छ । चारै जना सोही सःमिलमा कार्यरत हुनुहुन्थ्यो । हत्या कस्ले गर्यो भन्ने अझै खुल्न बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच