एलजीको नगद र उपहार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । शुभसाइत दशैं तिहार, घर भित्रिन्छन् नगद र उपहार भन्ने नाराका साथ एलजीले चाडबाड अफर ल्याएको छ । अफरअन्तर्गत एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । एलजीका लागि नेपालको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरटेन्मेन्ट तथा अन्य उपकरण खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहार उपलब्ध गराउने भएको छ ।

कम्पनीका अनुसार ग्राहकले एलजीका सबै उत्पादनमा विशेष मूल्यमा बिनालागत इएमआई प्राप्त गर्न सक्छन् र एक्सचेन्ज अफरको मजा लिन पनि सक्छन् भने एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्ता होटलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

ADVERTISEMENT

एलजी साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजेरेटर खरिदमा माइक्रोवेभ ओभन/एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटर खरिदमा मिक्सर ग्राइन्डर वा ग्याँस चुलो, एलजी डबल डोर खरिदमा फ्यान, कुलर र उपहार बक्स, सिंगल डोर फ्रिजमा क्यासब्याक, माइक्रोवेभ ओभन खरिदमा माइक्रोवेभ किट र एलजी फ्रन्ट लोड वासिङ मेसिन (१० केजी र माथि)को खरिदमा इण्डक्सन कुकर पाइनेछ ।

नौ केजीसम्मको एलजी वासर र वासर ड्रायर खरिदमा डिटर्जेन्ट पाउडर, टप लोड ट्विन टब खरिदमा चार लिटर एरियल म्याटिक लिक्विड, एलजी डिसवासर खरिदमा डिसवासर किट, एलजी भ्याकुम क्लिनर खरिदमा चपर र एलजी एयर प्युरिफायर खरिदमा एयर फ्रायर पाइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?