युवा उद्यमशीलता सम्मेलनको प्रायोजक वाणिज्य बैंंक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । युवा नवप्रवर्तनः लगानी र समृद्धि भन्ने नाराका साथ सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गर्ने भएको छ । सन् २०१९ बाट सुरु भएको सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनको मुख्य प्रायोजक पनि सोही बैंक रहेको थियो ।

भदौ ३० गते आयोजना हुने सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, गैरआवासीय नेपाली संघ(एनआरएनए) का संस्थापक डा. उपेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल, भवानी राणालगायत २० भन्दा बढी वक्ताका रूपमा रहने बताइएको छ ।

ADVERTISEMENT

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा सम्मेलन मूल आयोजक कमिटी संयोजक विशाल गैरे र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मुख्य प्रायोजकसम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गर्नुभएको हो ।

उद्यमी बन्न युवालाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत् समृद्धि हासिल गर्न युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० निर्माण एवं कार्यान्वयनका लागि सम्मेलन उपलब्धिमूलक हुने परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले बताउनुभएको छ । एनबिआई अध्यक्षसमेत रहनुभएका सम्मेलन संयोजक गैरेले ७० जिल्लाका पाँच सय युवा उद्यमी सम्मेलनमा सहभागी हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?