आजदेखि किशोरीहरुलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सरकारले बुधबार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाइदिने भएको छ । अहिलेका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई निःशुल्क एचपीभी खोप दिइने भएको हो ।

कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा आफ्नो उमेर खुल्ने परिचय पत्र देखाएर किशोरीले खोप लगाउन सक्नेछन् । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

ADVERTISEMENT

नियमित खोप चल्ने भएकाले २८ र २९ भदौमा कोशी र मधेश प्रदेशमा सञ्चालन हुनेछ भने बाँकीमा बुधबारदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?