निःशुल्क मनोपरामर्श सेवामा एनसेलको साथ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौैं । एनसेल अजियाटा र मानसिक अस्पतालको सहकार्यमा निःशुल्क मनोपरामर्श सेवा सञ्चालन हुने भएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले हेल्पलाइनका लागि सिमसहितको हृयाण्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताउनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘हामी सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्छ । राष्ट्रिय हेल्पलाइनमा आबद्ध भई यो सेवा अझ प्रभावकारी बनाउन योगदान पुर्‍याउन सहकार्य गर्न पाएकोमा हामी हर्षित छौँ ।’ कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको अवस्थाबाट उनीहरूलाई बचाउने उद्देश्यले सरकारले हेल्पलाइन सुरू गरेको मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले बताउनुभयो । हटलाइनमा फोन गरी तालिम प्राप्त मनोपरामर्शदातासँग परामर्श लिन सकिने अस्पतालले जनाएको छ । सरकारले विश्व स्वास्थ्य संगठन र टिपिओ नेपालको सहयोगमा मानसिक अस्पताल लगनखेलबाट उक्त सेवा सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?