समृद्धिको वित्तीय साक्षरता र तीज कार्यक्रम

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यका लागि वित्तीय साक्षरता तथा तीज कार्यक्रम आयोजना गरेको छ ।

गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष श्रीमती आरती पाठकको उपस्थिति तथा सामुदायिक विकास तथा सचेतना नेपालको सहकार्यमा आयोजित कार्यक्रममा श्रमजीवी महिला काष्ठ हस्तकला उद्योगका महिला सदस्यलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ज्ञान, बचतका फाइदा र समृद्धि फाइनान्सको महिला लक्षित योजनाबारे प्रस्तुति दिनुका साथै तीजको अवसरमा शृंगारका सामग्री वितरण र दर कार्यक्रम गरिएको थियो ।

ADVERTISEMENT

समृद्धि फाइनान्समा समृद्धि गृहलक्ष्मी बचत खाता खोली उच्च ब्याजदरको प्रतिफलका साथै निःशुल्क डिजिटल बंैकिङको फाइदा लिन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?