संघीय निजामति सेवा विधेयक छिट्टै संसदमा दर्ता हुन्छ : प्रधानमन्त्री

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताउनुभएको छ ।

निजामति सेवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको छ । उहाँले संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजारका रूपमा रहेकाले विधेयक चाँडै ल्याउने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘संघीय निजामती सेवा ऐन यथाशक्य जारो होस् भन्ने सबैको भावना छ। यसै भावना र मर्मलाई आत्मसात गर्दै सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसद्‌मा दर्ता गर्ने तयारी गरिरहेको छ ।’

ADVERTISEMENT

उहाँले निजामती कर्मचारीहरू आफ्नो कार्यशैलोबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान् छन् त्यति नै विश्वसनीयता कायम गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रिय समृद्धिको सपना पूरा हुने बताउनुभयो।

त्यसकारण संघीय शासन व्यवस्था अनुसार निजामती प्रशासनमा देखिएका कानूनी संरचनागत तथा कार्यगत समस्या समयमा समाधान गर्दै समयसापेक्ष व्यावहारिक नेतृत्वबाट चुस्तदुरुस्त नतिजामुखी र नागरिकमैत्री बनाउन निरन्तर आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?