बिवाइडीको शोरुम सल्लाघारीमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

भक्तपुर । बिवाइडीले भक्तपुरको सल्लाघारीमा सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । विमाई अटोमोबाइल्सको नामको नयाँ शोरुम उद्घाटन गर्दै विमाई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहकमाझ बढ्दै गएको बिवाइडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाउँदा आफू निकै उत्साहित भएको बताउनुभयो । ग्राहकको बढ्दो माग परिपूर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बिवाइडी प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

नेपालको विद्युतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बिवाइडीले नयाँ इलेक्ट्रिक एसयुभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुम पनि सञ्चालनमा ल्याएको हो । कम्पनीका ब्राण्ड एम्बेसडर वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले इभी गाडीमध्ये बिवाइडी गाडी सर्वोत्कृष्ट रहेको बताउनुभयो । विगत छ महिनादेखि आफूले बिवाइडीको इभी गाडी प्रयोग गर्दै आएको जानकारी गराउँदै बिवाइडी गाडीले वातावरणका साथै पैसा पनि जोगाउने उहाँले बताउनुभयो ।

ADVERTISEMENT

पेट्रोलियम आयात निरुत्साहित गर्न पनि आफ्नै देशमा उपलब्ध विद्युत्बाट चल्ने इभी सवारीसाधनको प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । बिवाइडीले नेपालभरि आफ्नो सञ्जाल विस्तार गरिरहेको छ र वीरगञ्ज र जनकपुरमा पनि डिलर नियुक्त गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?