अष्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो

Read Time = 3 mins

क्वालालम्पुर । मलेसियाले अष्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इण्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो । पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक संक्रामक भाइरल रोग हो जसले दूध उत्पादनमा कमी, अस्थायी वा स्थायी रूपमा बाँझपन हुनाका साथै कहिलेकाहीँ गाईवस्तुको मृत्युसमेत हुनसक्ने तर मानिसलाई कुनै जोखिम नहुने बताएका छन् ।

मलेसियाले सावधानी अपनाउने क्रममा जारी गरेको प्रतिबन्ध हटाइएको भेटेनरी सेवा विभागले एक विज्ञप्ति निकालेर बताएको छ । अष्ट्रेलियाको कृषि, मत्स्य पालन तथा वन विभागसँग दुई चरणमा प्राविधिक छलफल गरेपछि आयात प्रतिबन्ध हटाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । इण्डोनेसियाका अधिकारीहरूले पहिले नै १३ वटा चौपायामा एलएसडी लागेको जनाउँदै चार स्थानबाट आयात रोकेका थिए ।

अष्ट्रेलियाका भेटेरिनरी प्रमुख मार्क सिपले आफ्नो देशका गाईवस्तुमा एलएसडी लागेको खबर सत्य नभएको दाबी गर्दै त्यसलाई अस्वीकार गरेका छन् । साथै उनले उक्त रोगबाट अष्ट्रेलिया मुक्त रहेको बताएका छन् ।

ADVERTISEMENT

मलेसियाले अष्ट्रेलियाबाट वर्सेनि करिब ५५ लाख डलर बराबरको गाई-भैंसी आयात गर्दै आएको छ । आयात प्रतिबन्ध हटाइएको निर्णयले उद्योग र सबै मलेसियालीलाई राहत मिल्ने विश्वास मलेसियाली भेटेनरी सेवा विभागले व्यक्त गरेको छ ।

अष्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इण्डोनेसिया हो । गत वर्ष इण्डोनेसियाले अष्ट्रेलियाबाट तीन लाखभन्दा बढी गाई आयात गरेको थियोभने यो वर्ष एक लाख ५३ हजार चौपाया खरिद गरिएको इण्डोनेसियाका अधिकारीहरूले बताएका छन् । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?