जसले मूर्ति बनाउँछन् उसैले पूजा गर्न पाउदैनन्

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । प्रसिद्ध गीतकार दीपक लिम्बुको गीत मान्छे मान्छे एउटै हो नी फरक किन भो श्रम चल्छ सिप चलछ पानी नचल्ने भयो भने झै तराई मधेसका धेरैजसो चाडर्पवमा मूर्ति बनाउने र त्यसैकै सेरोफेरोमा चाडपर्व मनाउने गरिन्छ । भने मिथिला क्षेत्रमा पौराणिक काल देखी नै बिभिन्न चाडपर्व तथा विवाहलगायतको सुभ कार्यमा समेत आकर्षक चित्र तथा मुर्ती बनाउने गरिन्छ ।

कतिपयले घरको भित्तामा, कतिपयले सार्वजनिक स्थानमा र कसैले व्यक्तिगत रुपमा आफ्नो घरमा समेत मुर्ती बनाउने गर्दछन । कुष्ण जन्म अष्टमी, गणेश चर्थुती मेला, बिश्वकर्मा पुजा, नवरात्री, छठ पुजा, सरस्वती पुजालगाएतको चाड पर्वमा मुर्ति बनाउने अधिकांस दलीत समुदायका छन् ।

अहिले श्री कुष्ण जन्मअष्टमी नजिकिए संगै कुमालेलाई मुर्ति बनाउन भ्याइ नभ्याइ भयको छ । सर्लाहीको कविलासि-४ का अबिमनु कुमार रामले बिगत लामो समयदेखि चाडपर्व अनुसारको मुर्ति बनाउदै आउनु भएको छ । यसरि मुर्ति बनाउने रामलेनै मुर्ती बनाउने काम सकेपछि त्यहीँ मुर्तीमा पुजा गर्न नपाएको तितो यर्थात समेत रहेको छ ।

यसरी हेर्दा जुन समुदायले मूर्ति बनाउँछन त्यही समुदाय त्यही पूजा गर्न बाट बन्चित भएका छन् । मठ मन्दीर तथा मेला लगायतका स्थानमा राखिने मूर्तिमा शास्त्र अनुसार प्राण प्रतिष्ठा नगरिन्जेलसम्म प्राण नै नहुने भएकाले जस्ले बनाएपनी प्राणप्रतीष्ठा गरेपछि नियम अनुसार पूजा गर्दा राम्रो हुने जानकारहरु बताउँछन । यस क्षेत्रमा धेरै जस्तो कुमाले, राम, डोम, चमारलगायतका समुदायले मूर्ति बनाउने गरेका छन ।

ADVERTISEMENT

यसरी मुर्ती बनाएरै धेरैको जीवीकोपार्जन चलिरहेको छ । कुमाले समुदाय समेत लोपउन्मुख समुदायको रुपमा रहेको छ । यसवर्ष कृष्णअष्टमी भाद्र २० गते परेको छ । मेलाको तयारी स्वरुप अहिले सर्लाहीको बिभिन्न ठाँउमा मूर्ति बनाइ रहेको देखिन्छ । मेलाको तयारीको लागि बिभिन्न स्थानमा मेला समिति बनाएर काम भैरहेको छ । कृष्ण जन्माअष्टमी मेला सार्वजनिक स्थानमा र व्यक्तिगत रुपमा आफ्नो घरमा समेत मनाउने भएकाले यसको माग झन धेरै हुने गरेको कुमालेहरु बताउँछन ।

पछिल्लो समय नयाँ पुस्ताले यो पेशा नअपनाउँदा पुराना पुस्ताले बजार माग पुरा गर्न गाह्रो परेको छ । यस पेशामा मौसमी रुपमा मात्र काम चल्ने भएकाले नयाँ पुस्ताले पेशालाइ अङ्गाल्न चाहदैनन् । विशेषतः तिजको बेला कुष्ण जन्माअष्टमी, गणेश चर्थुती मेला, बिश्वकर्मा पूजा, नवरात्री, छठ पूजा, सरस्वती पूजा तथा मुसहर समुदायले मनाउने भुइँया बाबाको पूजालगायतको केहि समयमा मात्र काम पाईने (चलन) भएकाले नयाँपिंढीले यस पेशालाई अपनाउन चाहेका छैनन् । साथै यसलाई चाहिने कच्चा पदार्थ समेत नेपालमा सहज रुपमा नपाउँदा यस व्यवसाय फस्टाउन नसकेर पलायन हुनु परेको उनिहरुको गुनासो छ ।

सरकारले पनि यो पेशाको प्रवर्द्धनका लागि कुनै वास्ता नगरेको यस पेशामा आवद्धहरुको दुःखेसो छ । नजिकको सिंहदरबार भनिने पालिकाले समेत यसलाई घरेलु उद्योगको रुपमा विकास गर्न सके धेरैले रोजगारी पाउने आधार देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?