ललितानिवास प्रकरणमा सरकारी वकिलको बहस सकियो, प्रतिवादी तर्फबाट बहस सुरु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बालुवाटारस्थित ‘ललितानिवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलले बहस सकेका छन् । सोमबार जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरे, वासुदेव शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश घिमिरे र प्रकाश ज्ञवालीले बहस गर्नुभयो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा आइतबार चारजना सरकारी वकिलले बहस गरेका थिए । सरकारका तर्फबाट बहस सकिएसँगै प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस थालेका छन् । प्रतिवादीहरू शिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ र बालकृष्ण श्रेष्ठको तर्फबाट बहस सकिएको छ ।

ADVERTISEMENT

काठमाडौं महानगरपालिका वडा नम्बर-४ का तत्कालीन वडा सचिव शिवजी भट्टराईको तर्फबाट अधिवक्ता प्रकाश आचार्य, गणेशमान प्रधान, भीमबहादुर गुरुङ र वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले बहस गर्नुभएको छ । भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक (सह-सचिव) रुद्रकुमार श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र अधिवक्ता रूपकबहादुर बोगटीले बहस गर्नुभयो ।
सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिडिई बालकृष्ण श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले बहस गरेका छन् । पक्राउ गरिएका १८ जनामध्ये १५ जनाको थुनछेक बहस बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?