लम्पी स्किन रोग नियन्त्रणमा आएको दाबी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सरकारले गाईभैँसीमा महामारीका रूपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको दाबी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले यस्तो दाबी गर्नुभएको हो । सरकारले लम्पी स्किन रोगको उपचार र रोकथामका लागि सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरेको जानकारी गराउँदै उहाँले पछिल्लो समय रोग नियन्त्रणमा आएको बताउनुभयो । रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था गरिएकाले रोग नियन्त्रणमा आएको उहाँको भनाइ थियो ।

मन्त्री भुसालका अनुसार हालसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा नौ लाख १९ हजार चार सय १६ पशुलाई लगाइसकिएको छ भने उपचारपछि निको हुने संख्या बढ्दै गएको छ । बिरामी भएका १५ लाख १९ हजार सात सय ७९ पशुमध्ये १३ लाख ९३ हजार पाँच सय ९५ निको भएका छन् । तथापि अझै ७३ हजार छ सय ३६ पशु बिरामी अवस्थामा छन् भने ५२ हजार पाँच सय ४८ पशु मरेका छन् । किसानलाई राहत उपलब्ध गराउन मापदण्ड तयार गरी सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाइएको पनि उहाँले जानकारी गराउनुभयो ।

मन्त्री भुसालका अनुसार हालसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा नौ लाख १९ हजार चार सय १६ पशुलाई लगाइसकिएको छ भने उपचारपछि निको हुने संख्या बढ्दै गएको छ ।

आफ्नो पाँचमहिने कार्यकालको उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले कृषि मन्त्रालय मातहतका खारेजीमा परेर बजेट रोक्का भएका कार्यालयहरूको बजेट फुकुवा भइसकेको पनि बताउनुभयो । सरकारले मर्जर तथा खारेजीको निर्णय गरेका ती कार्यालयको बजेट रोक्का गरिएको थियो । मर्जर तथा खारेजीको प्रक्रिया सुरु नहुन्जेलसम्ममा ती निकायहरूकोे काम प्रभावित हुन नदिन यस्तो निर्णय भएको मन्त्री भुसालको भनाइ थियो ।

ADVERTISEMENT

उहाँले मल आयातमा देखिएको समस्या समाधान गर्न खरिद प्रक्रिया छोट्याउन सार्वजनिक खरिद ऐन र नियमावलीमा संशोधन प्रस्ताव गरिएको, मल कारखाना अध्ययन गर्न लगानी बोर्डमार्फत् दुई कम्पनीलाई अनुमति दिइएको, बाँझो जमिन उपभोग कार्यक्रम, कृषि विकास उद्यमशीलता कार्यक्रम, हरित विद्यालय र पोषण शिक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको, कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउन उत्पादन साथमा नगद हातमा भन्ने नीति अवलम्बन गरिएको बताउनुभयो ।

त्यस्तै, लम्पी स्किन रोगको खोप नेपालमै उत्पादन गर्न छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया अघि बढाइएको, भारतबाट मुर्रा राँगो आउने क्रममा रहेको, उन्नत जातका गाई साँढे, उन्नत जातका चांैरीगाई, च्यांग्रालगायत ल्याउन पहल भइरहेको पनि मन्त्री भुसालले जानकारी गराउनुभयो ।

आफूले मन्त्रालय सम्हालेपछि रासायनिक मल आयातलाई उच्च प्राथमिकता दिएकाले अहिले मल पर्याप्त रहेको दाबीसमेत उहाँले गर्नुभयो । मन्त्री भुसालका अनुसार मन्त्रालयसँग हाल ५० देखि ६० हजार टन रासायनिक मल मौज्दात रहेकाले यस वर्ष रासायनिक मलको अभाव हुनेछैन ।

त्यस्तै, खाद्य पदार्थमा विषादीको अधिकतम अवशेषसम्बन्धी मापदण्ड पारित गरिएको, कुखुराको दानाको गुणस्तर तथा मात्रा तोकिएको आदेश २०८० पारित गरिएको, खाद्य सम्प्रभुता नियमावली, २०८० तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको, कृषि क्षेत्र समन्वय निर्देशिका २०८० निर्माण गरिएको, नेपालमा उत्पादन तथा उपभोग गरिने फलफूल तथा तरकारीमा विषादीको अधिकतम मात्रा समेट्ने गरी तरकारी छ समूहका १५ उपसमूह, फलफूल चार समूहका १० उपसमूह र चियामा अधिकतम मात्रा कार्यान्वयनमा आएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?