सन नेपाल लाइफको सेयर बाँडफाँट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सन नेपाल लाइफ इनस्योरेन्सले निष्कासन गरेको आइपिओ बाँडफाँट भएको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ७६ लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले अंकित मूल्य सय रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३९ रुपैयाँमा सेयर निष्कासन गरेको थियो । आइपिओमा कुल १४ लाख ६६ हजार आठ सय ६२ जनाले आवेदन दिएकोमा छ हजार आठ सय एकजनाको आवेदन रद्द भएको थियो । योग्य रहेका १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएकोमा सात लाख ६८ हजार जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

ADVERTISEMENT

कम्पनीले बोर्डबाट जारी पुँजी तीन अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँको ९६ लाख कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको थियो । जसमध्ये नौ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता सय अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । बाँकी सेयरमध्ये चार लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोष, चार लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीका लागि सुरक्षित राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?