काठमाडौं । नासपाती स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक मानिन्छ । यसको सेवन प्रायः मानिसहरूले गरेका हुन्छन् । नासपाती मौसमी फल हो । यतिबेला नासपातीको मौसम हो । यसमा भिटामिन ‘सी’, भिटामिन ‘के’, फाइबर, कपर, पोटासियम, म्याग्नेसियम, म्यागनिज र फोलेटजस्ता विभिन्न पोषक तत्व पाइन्छ । मनसुनमा नासपाती खाँदा विभिन्न खालका मौसमी रोगबाट बच्न सकिने विज्ञहरू बताउँछन् । यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ । त्यसैले तौल घटाउनमा पनि सहयोग गर्छ ।
तपाईं दिनको जुनसुकै समय पनि नासपाती खान सक्नुहुन्छ । यद्यपि बिहान खाली पेटमा नासपाती खाँदा स्वास्थ्यलाई अधिक फाइदा मिल्छ । यदि तपाईं कुनै रोगसँग जुधिरहनुभएको छ भने विशेषज्ञको सल्लाह लिएपछि मात्रै यसको सेवन गर्नुहोस् ।
यसमा रहेको भिटामिन, मिनरल्स तथा अन्य पोषक तत्वले शरीरमा रगतको मात्रा बढाउनुका साथै हाडजोर्नी मजबुत बनाउनमा समेत मद्दत गर्ने बताइन्छ । यसको सेवन गर्दा हाम्रो शरीरलाई विभिन्न किसिमका फाइदा हुन्छन् । नासपातीमा पाइने आइरनले रगतमा हेमोग्लोबिनको मात्रा बढाउनमा मद्दत गर्छ । एनेमियाजस्ता रोगको शिकार भएकाहरूका लागि हरेक दिन नासपातीको सेवनलाई प्रभावकारी मानिन्छ ।
नासपातीमा पाइने बेरोन नामक तत्वले हाडजोर्नी मजबुत पार्न सहयोग गर्छ । साथै यसको सेवनले मांसपेशीसम्बन्धी विभिन्न समस्याहरूबाट छुट्कारा पाउन सकिन्छ । मधुमेह रोगीलाई गुलिया वस्तुहरूको सेवन गर्नमा रोक लगाइएको हुन्छ तर पनि नासपाती खानमा गुलियो हुनुका साथै यसले मधुमेह रोगीलाई कुनै असर नगर्ने बताइन्छ । नासपातीमा फाइबरको मात्रा प्रशस्त पाइन्छ । जसले कोलेस्टोरेलको मात्रा नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी समस्याबाट बचाउँछ । यसका अलावा यसले अथेरोस्क्लेरोसिस, हृदयाघात र पक्षाघातजस्ता समस्या हुने सम्भावनासमेत कम हुन्छ ।
तपाईं दिनको जुनसुकै समय पनि नासपाती खान सक्नुहुन्छ । यद्यपि, बिहान खाली पेटमा नासपाती खाँदा स्वास्थ्यलाई अधिक फाइदा मिल्छ । यदि तपाईं कुनै रोगसँग जुधिरहनुभएको छ भने विशेषज्ञको सल्लाह लिएपछि मात्रै यसको सेवन गर्नुहोस् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा