इसिएल अनुरूप कर्जा नोक्सानी व्यवस्था गर्न सुझाव

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वित्तीय संस्थासंघले गत साता आयोजना गरेको नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी दुर्ईदिने तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न वित्त कम्पनीमा कार्यरत ४५ जनाभन्दा बढी विभागीय प्रमुखको उपस्थिति रहेको आयोजक नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूको सहभागिता रहेको कार्यक्रममा सहआयोजकतर्फबाट सिए रमेश धितालले एफआरएस ९ को गणनाका लागि विगत वर्षका कर्जाका तथ्यांक एकरूपकतासाथ राख्नुपर्ने साथै कर्जा, जोखिम, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि विभाग सम्मिलित समिति तत्काल गठन गरी बैंक तथा वित्तीय संस्थाले दुर्ई वर्ष नकुरी पूर्वतयारीमा रहनुपर्ने बताउनुभयो । साथै प्रतिवेदन मान– ९ लागू गर्न आवश्यक पूर्वाधार विकासका लागि सहजीकरण गर्न तथा छिमेकी मुलुकमा गरिएका इसिएल कार्यान्वयनका अभ्यास अध्ययन गरेर केन्द्रीय बैंकलाई मार्गदर्शन प्रदान गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

समापन सत्रमा बोल्दै डेपुटी गभर्नर मिश्रले चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासको प्रतिवेदनदेखि नै वित्तीय प्रतिवेदन मान ९ अनुसारको कर्जा नोक्सानी व्यवस्था इसिएल ९ अनुरूप कायम गर्नुपर्ने भएकाले वित्तीय संघसंस्थालाई आफ्ना कार्यरत कर्मचारीलाई दक्ष बनाउन निर्देशन दिनुभयो । विभिन्न सफ्टवेयरमा ठूलो धनराशि खर्च गर्नुभन्दा एक्सेललाई नै पूर्ण रूपमा प्रयोग गरी कर्जा नोक्सानी व्यवस्था गणना गर्न सकिने भएकाले त्यसतर्फ लाग्न र सफ्टवेयर खरिदबापत हुने ठूलो विदेशी मुद्रा खर्च रोक्नसमेत उहाँले सुझाव दिनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा वित्तीय संघसंस्थाका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, बैंक सुपरीवेक्षण विभाग प्रमुख देवकुमार ढकाल, नियमन विभाग प्रमुख डा. गुणाकर भट्ट, वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख विश्रुत थापा तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशक राजनविक्रम थापाको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?