संसदीय समिति सभापतिको उम्मेदवारी मनोनयन आज, निर्वाचन सोमबार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

प्रमुख राजनीतिक दलहरूले समितिका सभापतिहरूमा यसअघि नै भागबन्डा गरिसकेका छन् । प्रमुख दलहरूबीच भएको सहमति अनुसार संसदको ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका तीनसहित चार र प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदमा रहेका तीन विषयगत समितिको नेतृत्व पाउने छन् ।

ADVERTISEMENT

त्यस्तै, सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले दुई, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमत पार्टीले एक/एक समितिको नेतृत्व गर्ने सहमति गरेका छन् । जसअनुसार कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति, अर्थ समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिका लागि उम्मेदवारी दिनेछ ।

त्यस्तै, एमालेले सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समिति सभापतिका लागि उम्मेदवारी दिनेछ । माओवादी केन्द्रले कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको नेतृत्व गर्ने छ ।

एकीकृत समाजवादीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?