विमान दुर्घटनामा रुसी निजी सैन्य समूह वाग्नरका प्रमुखको मृत्यु

रासस
रासस
Read Time = 1 min

मस्को । दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपत्कालीन सेवाले आज जनाएको छ ।

हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए । प्रिगोजिनले दुई महिना अघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए । प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाइ अचानक खसेको फ्लाइट ट्र्याकिङ डेटामा देखिन्छ । त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो ।

ADVERTISEMENT

नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण पत्ता लगाउनेतर्फ केन्द्रित भएको छ । प्राधिकरणले दुर्घटना अनुसन्धान गर्न विशेष आयोग गठन गरेको छ । प्रहरीले दुर्घटनास्थल वरपरको क्षेत्रलाई ‘सिल’ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?