चितुवाको आक्रमणबाट घाइते

रासस
रासस
Read Time = 1 min

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार तमाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उहाँलाई आक्रमण गरेको हो ।

ADVERTISEMENT

घाइते तामाङको उपचार भइरहेको छ । यसैगरी आक्रमण गर्ने चितुवासमेत घाइते भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?