माटो ब्राण्डको सातौँ स्टोर बुढानीलकण्ठमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विषादीरहित कृषि उपज उत्पादन गर्ने माटो ब्राण्डको सातौँ स्टोर बुढानीलकण्ठमा खुलेको छ । स्टोर एक कार्यक्रमबीच बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्नुभएको हो । पछिल्लो स्टोरसँगै माटोको स्टोर संख्या सात पुगेको छ । कम्पनीले स्टोरको उद्घाटनका अवसरमा ग्राहकलाई विशेष छुट दिएको छ ।

कम्पनीका अनुसार माटो एक स्वदेशी ब्राण्ड हो, जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ । आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित माटो ब्राण्ड २०७५ सालमा स्थापना भएको हो । माटोका अध्यक्ष पवनकुमार गोल्यानले किसानलाई आफ्ना उत्पादनको उचित मूल्य दिन कृषि क्षेत्रमा लागेको बताउनुभयो । माटोले लाङटाङको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिङ वाटर, चितवनको मह, इलामको शुद्ध गाईको घ्यू र अन्य धेरै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन प्रोत्साहित गर्दै आएको उहाँले बताउनुभयो । माटो ब्राण्डको अर्को उद्देश्य आयातित कृषिजन्य उपजको मात्रा घटाउनु हो ।

ADVERTISEMENT

माटोका स्टोरमा आशापुरी अग्र्यानिकका उत्पादन पनि खरिद गर्न सकिनेछ । आशापुरी विगत दुर्ई दशकदेखि प्रांगारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । माटो स्टोरमा हाल एक सय २० भन्दा बढी स्वदेशी उत्पादन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?