थाई एयरवेजले नोभेम्बरदेखि फेरि उडान गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेसनलले नोभेम्बरदेखि फेरि नेपालमा उडान सुरु गर्ने भएको छ । जसका लागि एयरवेजले एजेन्सी सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपाली बजारका जनरल सेल्स एजेन्ट नियुक्त गरेको छ ।

सम्झौताअनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवासहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थलस्थित सेवा उपलब्ध गराउनेछ ।

सम्झौताअनुसार थाई एयरवेजले विश्वव्यापी कोरोना महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्नेछ । सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलोपटक उडान सञ्चालन गरेको थाई एयरवेज नेपाली उड्डयन इतिहासमा र नेपाली जनतामाझ विशेष स्थान राख्न सफल भएको छ । थाई एयरवेज थाइल्याण्डमा विदेशी पर्यटन प्रवद्र्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाका लागि उपस्थिति सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसर सदुपयोग गर्न चाहन्छ ।

ADVERTISEMENT

थाई एयरवेज इन्टरनेसनलका चिफ कमर्सियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेसनलको काठमाडौं उडान पुनः सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, ‘थाइल्याण्डभित्रका विभिन्न आन्तरिक तथा विश्वप्रसिद्ध गन्तव्य जस्तै फुकेट, पट्टाया र क्राबी साथै राजधानी शहर बैंककलाई थाई एयरवेजको उडान पुनः सञ्चालनले नेपाली पर्यटक र यात्रुको बढ्दो संख्याका लागि मात्र नभई दुई देशबीचको आर्थिक गतिविधिसमेत अभिवृद्धि गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको छ ।’

अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न शहरमा थाई एयरवेजको उडान रहेकाले नेपाली यात्रुलाई सहज र सुरक्षित उडान विकल्प प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धन गर्न सक्षम हुने उहाँको भनाइ छ ।

आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भन्नुभयो, ‘हामी थाई एयरवेज इन्टरनेसनलको नेपालका लागि जिएसए नियुक्त भई काम गर्न पाउँदा हर्षित र सम्मानित भएका छौँ । हाम्रो नियुक्ति सोसाइटी इन्टरनेसनल ट्राभलको अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्याससहितको स्थानीय विशेषताको प्रतिबिम्ब हो भन्नेमा विश्वस्त छौँ । थाई एयरवेजको उडान पुनः सञ्चालनले पर्यटकलाई नेपाल भ्रमणका लागि थप कनेक्टिभिटी उपलब्ध गराएर नेपालको पर्यटन उद्योग प्रवद्र्धन गर्न पनि मद्दत गर्नेछ भन्नेमा हामी विश्वस्त रहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?