बैठक बस्न नसकेपछि रविको टिप्पणी : शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दिउँसो सुन प्रकरणको अनुसन्धानमा छानबिन समितिको टुंगो लगाउनेबारे थप छलफल गर्न सर्वदलीय बैठक डाक्नुभएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली नआएपछि बैछक स्थगित भएको थियो । अस्वस्थका कारण एमाले अध्यक्ष शर्मा ओली बैठकमा उपस्थित नहुनुभएको हो ।

'सर्वदलीय बैठक बसेन। अस्वस्थका कारण ओलीजी आउनु भएन,ुलामिछानेले भन्नुभयो,'शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम मात्रै हो। यसमा कुनै तुक छैन।'

लामिछानेले समय अभाव देखाएर आज पनि संसद बैठक स्थगित भएको भन्दै आक्रोश समेत व्यक्ति गर्नुभयो ।

ADVERTISEMENT

सामान्य विषयलाई पनि तन्काइरहने परम्परामा दलहरू रहेको लामिछानेको भनाइ छ। ‘उहाँहरूले नै टुंग्याउनु होला भनेर आफ्नो ढंगले हामी अघि बढ्नुपर्छ भन्ने लागेको छ,’ उहाँले भन्नुभयो ।

संसद् बैठक दिउँसो ३ बजेका लागि डाकिएको थियो।

सोमबार सत्ता र प्रतिपक्षी दलहरूले सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेका थिए। यसको मस्यौदा पनि तयार भइसकेको छ। आज जाँचबुझ आयोग बनाएर सदन चलाउने भने पनि दलहरूबीच सहमति हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?