थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन स्वदेश फर्किनासाथ जेल चलान

Read Time = 1 min

सिन्हा । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किनुभएको छ ।

मंगलवार उहाँ आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । सो क्रममा उहाँले विमानस्थलमा आफ्ना समर्थकहरुसँग भेट गर्नुभएको थियो ।

ADVERTISEMENT

थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो । तर उहाँ २००८ देखि भने विदेशमा बस्दै आउनुभएको थियो । थाइल्याण्डको अदालतले उहाँलाई ८ वर्षको जेल सजाय तोकेको थियो ।

सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आउनुभएको छ । उपप्रधानमन्त्री विसानु क्रे नगामले यसअघि नै थाक्सिनलाई कानूनी प्रक्रिया अघि बढाएर स्वदेश फर्किनसाथ जेल पठाइने बतउनुभएको थियो । सो कानूनी प्रक्रियाअनुसार उहाँलाई विमानस्थलबाटै पक्राउ गरी जेल पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?