न्याउली रुनु र छोरी भाग्नुको संयोग

मणि शर्मा
मणि शर्मा
Read Time = 16 mins

विभिन्न मुद्दाहरूका चाङ लागेपछि त्यसलाई विषयान्तर गर्न अहिले धरानमा गोरु काटेर भोज खाएको मुद्दा अगाडि सारिएको छ । देउवाकै आदेशमा ती मुद्दाहरूमा संलग्न प्रहरी अधिकृतहरूलाई सरुवा गरेर आफ्ना नेताहरूलाई बचाउने प्रपञ्च रचिएको छ । सिआइबीको सक्रियतालाई निष्क्रिय पारिएको छ । माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिई राजनीतिको अपराधीकरण गरिएको छ । अन्त्यमा पूर्ववर्ती मुद्दाहरू जस्तै यी पनि सेलाएर जानेछन् । दाहालको स्टन्टबाजी अब समाप्त भएको छ । यो सनातन धर्मविरोधी व्यवस्थाको संसद् भनेको मरेका माछाहरूको दुर्गन्धित तलाउ हो र यसमा पौडी खेल्नेहरू सडेका माछाहरू हुन् । दुर्गन्धित तलाउबाट सुगन्ध पाइँदैन ।

धरानमा ख्रिष्टानहरूले खुलेआम गोरु काटेर भोज खाने साहस कहाँबाट पाए ? जबकि कानुनमा गोबध निषेध गरिएको छ र यसलाई दण्डनीय मानिएको छ । केही समयअघि बाबुराम भट्टराई धरान पुगेर स्थानीयहरूसँग भेटघाट गरेका थिए । सनातन धर्मविरोधी उग्र स्वभाव भएका धरानका मेयरसँग उनको लामो कुराकानी भएको थियो । बाबुराम फर्किनेसाथ त्यहाँ गोरु काटेर आफूलाई मंगोल भन्नेहरूले भोज खाएको तस्वीर सामाजिक सञ्जालमा राखेर के सन्देश दिन चाहेका हुन् ? के उनीहरूले सनातन धर्मावलम्बीहरूलाई चुनौती दिएर यहाँ जातीय तथा धार्मिक युद्ध निम्त्याउन खोजेका हुन् ? बाबुरामको धरान आगमन र गोरु काटेर भोज खानु संयोग हो वा नियोजित षड्यन्त्र ? कतै न्याउली रुनु र छोरी पोइला जानु जस्तो त होइन ?

गाई गोरु काटेर खाने कामको सुरुवात यहाँ पुष्पकमल दाहाल र बाबुराम भट्टराईको आदेशमा दश वर्षे रक्तरञ्जित आतंकअ कालमा सुरु भएको हो र ख्रिष्टानीकरण त्यसबेला देशव्यापी भएको हो । धार्मिक तथा जातीय हिंसाको सुरुवात माओवादीले गरेका थिए । यस्तै काम गर्न केही दलका नेताहरू र र केही समूह सक्रिय छन् । हाम्रा अधिकांश नेताहरू आवरणमा सनातन धर्मावलम्बी देखिए तापनि उनीहरू भित्रदेखि ख्रिष्टान भइसकेका छन् । मन्दिर र गुम्बा धाउँदैमा कोही सनातन धर्मावलम्बीहरू हुँदैनन्, पश्चिमा पनि हाम्रा देवालयमा जान्छन्, निधारमा टीका लगाउँछन्, प्रसाद खान्छन् । के तिनीहरू सनातन धर्मावलम्बी भए ?

मंगोलहरू सनातम धर्म मान्ने किरात हुन् । नेपालको प्राचीन राजवंशमा किरातहरूले सबैभन्दा लामो समय आठ सय वर्षसम्म शासन गरेका थिए । किराती राजवंशका पहिलो राजा यलम्बरलाई शिवजीको अंश मानिन्छ । किरातहरूको इष्ट देउता पारुहाङ र सुम्निमा अर्थात् शिव र पार्वती हुन् ।

हाम्रा नेताहरू पनि यस्तै हुन् । उनीहरू सनातन धर्मावलम्बीहरूको भोटको लागि सनातन धर्मावलम्बीको आवरणमा छन् । मन्दिर जान हुन्छ, गुम्बा जान हुन्छ, पूजाजाठको नाटक गर्न हुन्छ तर किन नेपाललाई सनातन धर्म सापेक्ष अधिराज्य बनाउन चाहँदैनन् ? जबकि यो हिमवत खण्ड सनातन धर्मको उत्पत्तिस्थल हो, वेद पुराणलगायत धर्मग्रन्थहरू यहाँ दश हजार वर्ष पहिला लेखिएका थिए । मानिस जन्मले होइन कर्मले ब्राहृमण हुन्छ भनेर हाम्रो धर्मग्रन्थहरूमा लेखिएको छ । वाल्मिकी, विश्वामित्र, व्यास लगायत ऋषिहरू उदाहरण छन् ।
मंगोलहरू सनातम धर्म मान्ने किरात हुन् । नेपालको प्राचीन राजवंशमा किरातहरूले सबैभन्दा लामो समय आठ सय वर्षसम्म शासन गरेका थिए । किराती राजवंशका पहिलो राजा यलम्बरलाई शिवजीको अंश मानिन्छ । किरातहरूको इष्ट देउता पारुहाङ र सुम्निमा अर्थात् शिव र पार्वती हुन् । जिसस क्राइष्ट होइन । जिसस क्राइष्टको जन्म भएको तेइस सय वर्षमात्र भएको छ । किरातहरू यो हिमवत्खण्डमा भएको कुरा हाम्रो वेद र पुराणहरूमा पाइन्छ, मंगोलहरूको नेपालमा कुनै इतिहास छैन । नेपालमा मंगोल भएको भए तिनीहरूलाई खोज्दै इण्डियासम्म आएको चंगेज खान के नेपालमा आउँदैनथे ?

संविधानमा गोबध निषेध तथा कानुनतः दण्डनीय माने पनि धरान घटनाको राप्रपाबाहेक कुनै दलहरूले विरोध जनाएका छैनन् । न त गोबध गरेर सामूहिक भोज खानेहरूमाथि कारबाही अगाडि बढाउने सक्रियता नै जनाएका छन् । विभिन्न मुद्दालाई ओझेलमा पार्न सरकार र यी दलहरूले अहिले गोबध काण्ड अगाडि सारेका छन् । माओवादीहरूका लागि त गाई गोरु काटेर खानु सामान्य कुरा हो । नेपालमा यसको प्रवर्तक उनीहरू नै हुन् । पूर्वमाओवादी हुँदै एमाले भएर कथित मधेसवादी दल खोलेका उपेन्द्र यादवको दलको केन्द्रीय कमिटीमा इसाई मिसनरीका दलालहरू छन् ।

सुनसरी उपेन्द्र यादवको क्षेत्र हो । बाबुरामसँग पनि उनको निकट सम्बन्ध छ । यो घटनामा उपेन्द्र यादवको इसाई केन्द्रीय सदस्यहरूको हात छैन भनेर कसरी भन्न सकिन्छ ? उनी यही संविधानलाई टेकेर नेपाललाई ख्रिष्टानीकरण गर्न लागिपरेका छन् । राजनीतिक दल र मिडियाहरूमाथि उनको राम्रै पकड छ । नेपाललाई हिंसाको जालोमा फसाएर आफ्नो दुनो सोझो पार्न पश्चिमाहरू लागिपरेका छन् । गोरु काण्ड अगाडि धरानका मेयरको सहमतिमा सय वर्षभन्दा पुरानो मन्दिर अगाडि विशाल चर्च स्थापना गर्न लगाइयो ।

मन्दिर अगाडि चर्चहरू आज देशभरि बढ्दै छन् । यस्ता भव्य र विशाल चर्चहरू बन्ने पैसा कहाँबाट आउँछ ? समयमा सनातन धर्मावलम्बीहरू न जागे यो देश पूरै सनातन धर्मविरोधीहरूको अधिनस्त हुनेछ । आज सनातन धर्मविरोधीले गाई गोरु काटेर खाए जस्तै भोलि मुस्लिमहरूले पनि यस्तै गरे भने यहाँ के हुनेछ ? गाईको मासु खानेहरू जनावर सबै एउटै हो जे को मासु खाए पनि हुन्छ भन्ने गर्छन् । हिन्दूहरू काग र कुकुरको पनि पूजा गर्छन् । कुकुर र काग काटेर खान सक्छन् उनीहरू ? उनीहरू इस्लामिक मुलुकमा गएर सुँगुर काटेर खाने हिम्मत गर्न सक्छन् ? हिन्दू धर्ममाथि विरोध छ, बौद्ध धर्म मन पर्दैन । त्यसो भए नेपालको आफ्नै प्राचीन धर्म किरात छ । किन किरात धर्ममा रही त्यसको संरक्षण नगर्ने ? किन बाईबलको सट्टा मुन्धुम नबोक्ने, आफ्ना पुर्खाको प्राचीन धर्मलाई किन नमान्ने ? विदेशीको पैसाको बलमा धर्मान्तरण गर्ने र बाहुन क्षेत्रीको विरोध गर्ने ? बेलायत एउटा इसाई धर्मावलम्बी मुलुक हो ।

ADVERTISEMENT

त्यहाँका राजा प्रोटेस्टेन्ट धर्मका संरक्षक हुन् तर त्यहाँका भारतीय मूलका प्रधानमन्त्रीले आफ्नो पदको शपथ गीता छोएर लिए । उनी आफ्नो प्रत्येक भाषण अगाडि जय श्रीराम भन्छन् । उनी इण्डियन मूलका भए पनि आफ्नो देश बेलायतलाई सर्वोच्चमा राखी देशहितमा काम गरिरहेका छन्, न कि इण्डियाको हितमा । इसाई मुलुकमा एक जना हिन्दू प्रधानमन्त्री भएर आफ्नो धर्मको रक्षा गर्दै पालन गर्न सक्छ भने धर्मले कहाँ अवरोध गर्‍यो ? सनातन धर्म यदि प्रगतिको बाधक हुन्थ्यो भने इण्डियन उद्योगपति मुकेश अम्बानी वा अडानी आज विश्वकै धनी व्यक्तिमध्ये पर्ने थिएनन् ।

हामीमा सामूहिक रूपमा प्रतिवाद गर्ने हिम्मत भएन । राजदरबार हत्याकाण्ड हुँदा हामी केवल विष्मित भयौं, केही गर्न सकेनौं । दरबार समाप्त नपारे इण्डोपश्चिमा मिसन सफल हुने थिएन । सनातन धर्मविरोधी गणतन्त्रात्मक प्रायोजित संविधान लागू गर्दा हामी मौन बस्यौं ।

आज नेपालमा सनातन धर्मको विरोधलाई व्यापक बनाउनुमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईको नेतृत्वको माओवादी नै जिम्मेवार छ । उनीहरू इण्डोपश्चिमा शक्तिकेन्द्रको कठपुतली जो अद्यापि छन् बनेर यहाँ दश वर्षसम्म खुनी आतंक मच्चाउँदै जात जातिमा नेपालीहरूलाई बाँडे । हिजो धर्मगुरुहरू, संस्कृतका शिक्षकहरूको हत्या गर्दा, संस्कृत विश्वविद्यालयको पुस्तकालयमा आगो लगाउँदा, गाउँ गाउँमा गाईगोरु काटेर खाँदा र खुवाउँदा, मन्दिर भत्काउँदा, मन्दिरहरूमा दिसापिसाब गर्दा, धर्म अफिम हो भन्दै जनतालाई पश्चिमी मिसनरीलाई सहयोग गर्दा हामीले टुलुटुलु हेरिरहृयौं ।

हामीमा सामूहिक रूपमा प्रतिवाद गर्ने हिम्मत भएन । राजदरबार हत्याकाण्ड हुँदा हामी केवल विष्मित भयौं, केही गर्न सकेनौं । किनकि दरबार समाप्त नपारे इण्डोपश्चिमा मिसन सफल हुने थिएन । एक्कासि सनातन धर्मविरोधी गणतन्त्रात्मक प्रायोजित संविधान लागू गर्दा हामी मौन बस्यौं । सनातन धर्मावलम्बीहरूको यो कायरपन हो । केही समय अगाडि मंगोल होप नामक युट्युबबाट बाहुन-क्षेत्रीविरुद्ध तथानाम गाली गर्दै र्‍याप गीत निस्केको थियो, नेपालको झण्डालाई आगो लगाएको दृश्यसमेत थियो । यिनीहरूको लक्ष्य के हो यो गीत र यसमा देखाइएको दृश्यबाट स्पष्ट हुन्छ । तर, सरकार मौन छ वा मौन रहन विदेशी शक्तिले सरकार र दलहरूलाई अह्राएका छन् ?

नेपाली कांग्रेसले सनातन धर्मको रक्षा गर्नेछ भनेर आशा नगरौं । आज बीपीको विरासत समाप्त हुने ठाउँमा छ । एमाले त देश विदेशमा गएर होली वाइन खाँदै युनिफिकेसन चर्चको भ्रातृ संगठन नै भइसकेको छ । जनता समाजवादी पार्टी होस् वा रास्वपा वा जनमत आदि सबै विदेशी शक्तिकेन्द्रका इसारामा चल्ने भएकाले यिनीहरूबाट पनि सनातन धर्मको रक्षा हुन्छ भनेर विश्वास गर्न सकिँदैन । सनातन धर्मवालम्बी आफैं जाग्नुपर्छ, संगठित हुनुपर्छ, धर्म रक्षाका लागि अगाडि आउनुपर्छ ।

जस्तालाई त्यस्तै ढिँडालाई निस्तै भने जस्तै गर्नुपर्छ । भगवान् विष्णु नृसिंह अवतार लिएर हिरण्यकश्यपुको बध गरेपछि पनि उनको रिस शान्त नभएपछि देवताहरूले प्रहृलादलाई उनी छेउ पठाउँछन् । नृसिंहले प्रहृलादलाई छातीमा लगाएपछि हृदयको ज्वाला त शान्त हुन्छ तर क्रोधाग्नि शान्त नभएपछि देवताहरू शिवजी कहाँ जान्छन् । शिवजीले गणनायक वीरभद्रलाई नृसिंहको क्रोध शान्त गर्न पठाउँछन् ।

वीरभद्रले विनीत भावमा नृसिंहलाई शान्त हुन सम्झाउँदा उनले म संसारको सृष्टिकर्ता, पालन कर्ता र संहारकर्ता हूँ भन्दै वीरभद्रलाई झम्टिन जाँदा वीरभद्र अन्तरध्यान हुन्छन् र शिवजीले शलभ अवतार लिएर नृसिंहलाई आफ्नो पखेटा घुमाएर नाभीस्थान र पाउमा थिच्दैपुच्छरले दुई पाउ र दुई हात बाँध्नु भयो, दुई हातले छातीमा भेदन गर्दै नृसिंहलाई समाएर आकाशमा लग्नुभयो । नृसिंह शिवजीको यो रूप देखेर डराएर शिवजीको आठ सय नाम जपेर स्तुति गरेपछि शिवजीले उनलाई माफी दिनुभयो ।

पछि वीरभद्रले नृसिंहको शरीरबाट छाला झिकेर शिवजीलाई दिनुभयो जसलाई शिवजीले आफ्नो वस्त्र बनाउनुभयो र नृसिंहको मुखलाई आफ्नो मुण्डमालामा प्रमुख रूपमा धारण गर्नुभयो । विष्णुले आधा मानिस र आधा सिंहको रूप लिएका थिए भने उनलाई ठेगान लगाउन शिवजीले सिंहको जस्तो मुख, मानिसको जस्तो शरीर, दुई पखेटा र आठ खुट्टा भएको शलभ चराको रूप लिनुभएको थियो । सनातन धर्मावलम्बीहरूले यस कथाबाट शिक्षा लिएमात्र सनातन धर्मको रक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?