बीपी कोइरालाका विचारमाथि अन्तर्क्रिया

विनोद दाहाल वत्स
विनोद दाहाल वत्स
Read Time = 6 mins

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमाथि अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) को सहकार्यमा आइतबार प्रज्ञाप्रतिष्ठानको देवकोटा सभाकक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो । ‘नेपाली राजनीतिका सन्दर्भमा विश्वेश्वरप्रसाद कोइराला र उनको साहित्य’ विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईलगायत अन्य प्राज्ञहरू तथा धेरै संख्यामा विद्वानहरूको उपस्थिति रहेको थियो ।
डा.शिव रिसालले विश्वेश्वरप्रसाद कोइरालाका सन्बन्धमा तयार पार्नुभएको कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा केही विद्वानहरूले समीक्षात्मक टिप्पणी गर्नुका साथै बीपी कोइरालाको विचार सम्बन्धमा आआफ्ना धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले सबैका विचारलाई बहसमा ल्याउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको बताउँदै यस्ता व्यक्तिहरूलाई देवत्वकरण गर्दै लानुको सट्टा उहाँहरूको विचारको पुनव्र्याख्या हुनु आवश्यक भएको विचार व्यक्त गर्नुभएको थियो ।

उहाँले साहित्य पनि राजनीतिबाट भिन्न रहन नसक्ने धारणा राख्दै बीपीको साहित्य पनि एक प्रकारले राजनीति नै हो भन्नुभयो । दिल्ली सम्झौता धोका हो भन्ने क्रान्तिनायकहरूको भनाइ मान्ने हो भने त्यसबेला कमजोरी भएकै थियो, नत्र त्यही बेला गणतन्त्र आइसक्नेथियो उहाँले भन्नुभयो । उक्त कार्यक्रममा माननीय सुशीला थिङले बीपीको सहित्यमा म अराजकतावादी र राजनीतिमा समाजवादी हुँ भन्ने भनाइका सन्दर्भमा कानुन अनुल्लंघनीय हुँदैन र वर्तमान कानुहरू पनि ।

यसैगरी वरिष्ठ साहित्यकार तथा चिन्तक प्राडा.अभि सुवेदीले बीपीलाई मान्नुपर्छ भन्ने नभए पनि हामी मानिरहेका छौं, हामीले उहाँको विचारलाई मानेको हो भन्नुभयो । आजका सन्दर्भमा बीपी को हुन्, भनेर निश्चित धारणा बनाउनु हुँदैन उनलाई जसरी पनि हेर्न सकिने उहाँको भनाइ थियो । बीपीलाई सामान्य ढंगले बुझ्न सकिँदैन र उहाँलाई समर्थनमात्र गर्नुपर्छ भन्ने छैन विरोध पनि गर्न पाइन्छ तर उहाँका बारेमा किन यसरी प्रशंसा वा विरोध गरिन्छ त्यो नै उहाँको सफलता भएको धारणा राख्नुभयो ।

ADVERTISEMENT

सुवेदीले बीपीको हुन् ? उनले के गरे ? भन्ने पाटोबाट हेर्नुपर्छ भन्नुहुँदै उहाँ हतियारमाथि सुत्नुभयो तर गान्धीवादी विचार राख्नुभयो । अब ट््याक्टर आइहाल्यो भनेर हलोलाई बिर्सन मिल्दैन भन्दै उहाँले गोरुका कुरा अब असान्दर्भिक भएजस्तै उहाँका विचारको सन्दर्भ पनि सकियो कि भन्ने मानिएला तर आजका दिनसम्म उहाँका विचारले नै राजनीतिलाई मार्गदर्शन गरिरहेको छ भन्नुभयो । कार्यक्रममा साहित्यकार नारायण ढकालले सहजीकरण गर्नुभएको थियो र यस क्रममा उहाँले बीपीका साहित्यमा राजनीतिको संलग्नता हुँदैनभन्दा भन्दै पनि उहाँको साहित्यमा राजनीतिक विचार रहेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा हरि रोक्काले बीपी बुझेको मानिस अब नेपाली कांग्रेसमा र वामपन्थ बुझेको मानिस कम्युनिष्ट पार्टीहरूमा पाउन मुस्किल भएको विचार व्यक्त गर्नुहुँदै बीपीका केही भनाइहरूलाई फरक ढंगबाट व्याख्या गरिनुपर्छ भन्नुभयो । साहित्यकार भुवन ढुंगानाले इतिहास भनेको राजनीतिको प्रयोगशाला हो भन्नुहुँँदै उहाँ अद्भूत तर सामाजिक व्यक्ति हुनुहुन्थ्यो भन्ने धारणा राख्नुभयो । उहाँले सूक्ष्म विषयमा पनि गहन ढंगले लेख्नसक्ने व्यक्ति बिपीलाई जरैसम्म पुगेर अध्ययन नगरी उहाँलाई बुझ्न सकिँदैन भन्ने विचार व्यक्त गनुभएको थियो ।
कार्यक्रममा कुमारी लामाले पनि बीपी कोइरालाको विचारमाथि टिप्पणी गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतकर्ता डा.शिव रिसालले क्रान्ति एक्लै हुँदैन र कुनै बिन्दुमा पुगेर क्रान्ति टक्क रोकिने पनि होइन भन्दै यो निरन्तर चलिरहने प्रक्रिया हो भन्नुभयो । उहाँले बीपीले मलाई गुरु मान भन्नुभएको छैन, नमान्दा पनि उहाँलाई कुनै फरक पर्ने होइन तर हामी हाम्रो स्वार्थका कारणले पनि उहाँलाई र उहाँका विचारलाई आत्मसात गरिरहेको छौं भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?