मत्स्यनारायणमा भक्तजनको भीड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । करिब तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र मेला लाग्ने मत्स्यनारायण मन्दिर क्षेत्रमा भक्तजनको भीड बढ्न थालेको छ ।

चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा हाल दैनिक हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । मत्स्यनारायण कीर्तिपुर र सतुङ्गल दुवै स्थानबाट जान सकिन्छ । दुवैतिरबाट मत्स्यनारायण जान सार्वजनिक यातायात पाइन्छ ।

कीर्तिपुर नगरपालिकाको वडा नं ४ सँग जोडिएको मत्स्यनारायण क्षेत्र धार्मिकरूपमा महत्त्वपूर्ण भए पनि यसको प्रचारप्रसार गरी धार्मिक पर्यटक वृद्धिको काम हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यही ठाउँमा लिएर उहाँले वेदको रक्षा गर्नुभएको विषय विभिन्न पुराणमा उल्लेख गरिएको छ । मत्स्य अवताररूपी भगवान् विष्णुले जलमात्र पिएर सत्यव्रत राजासहित सप्तऋषिलाई मत्स्य पुराण सुनाउनुभएको थियो भन्ने विश्वास गरिन्छ । भगवान् विष्णुले भक्तलाई रक्षा पनि गर्नुभएको थियो ।

ADVERTISEMENT

पूर्वकल्पमा ब्रह्माजीको मुखबाट निस्किएको वेदलाई मायावी दानवराज ह्यग्रीवले नष्ट गर्न खोजेपछि भगवान् विष्णुले मत्स्य अवतार लिई वेदको रक्षा गर्नुभएको विषय मत्स्य पुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

पुरुषोत्तममासमा यहाँको कुण्डमा स्नान गरी मत्स्यरूपी भगवान् विष्णुको पूजा, आराधना एवं दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वासले महिनाभर यहाँ लाखौँ भक्तजन आउने गरेको मेला व्यवस्थापन समितिको सदस्यसमेत रहनुभएका ध्रुव बस्नेतले जानकारी दिनुभयो ।

यहाँको कुण्डमा वर्षामा पानी सुक्ने र हिउँदमा पानी आउने अनौठो दृश्यसमेत देखिने गरेको उहाँले सुनाउनुभयो । हालसम्म २० लाखभन्दा बढी भक्तजनले मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । साउन २ गते सुरु भएको पुरुषोत्तममास मेला साउन ३१ गते बुधबार सकिने समितिको संयोजकसमेत रहनुभएका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।

मूल मेला बुधबार सकिने भए पनि पूर्णाहुतिसहित मत्स्यनारायण मेलाको औपचारिक समापन भने भदौ १ गते गरिने उहाँले जानकारी दिनुभयो । मेलाको सुरुका दिनमा भन्दा अन्तिम समयतिर धेरै भक्तजन मत्स्यनारायण मन्दिर क्षेत्रमा आएको जनाइएको छ । मत्स्यनारायण शब्द अहिले अपभ्रंश भएर मच्छेनारायण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?