लर्डबुद्ध र हिमालयन लाइफबीच सहकार्य

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्डबुद्ध एजुकेसन फाउण्डेसन र हिमालयन लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सीपयुक्त रोजगारीको बढ्दो माग सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउन दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा फाउण्डेसनका अध्यक्ष पंकज जलान र हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

फाउण्डेसनमा सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाइफमा प्रशिक्षार्थीका रूपमा सहभागी हुन पाउनेछन् । जसबाट विद्यार्थीले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउण्डेसनका अध्यक्ष जलानले बताउनुभएको छ । फाउण्डेसनले एमबिए र एमएससी आइटिएम विषयमा इन्स्योरेन्स कम्पनीको सिफारिसमा छजना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत कर्णले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको जानकारी गराउँदै कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?