काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार कम्पनीको इटहरी, गौर, औराही र बुटवल शाखाबाट र शनिबार काठमाडौंको पुतलीसडक शाखाबाट वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । गत हप्ताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिनाभित्र सम्पूर्ण शाखाबाट गर्ने कम्पनीको तयारी छ ।
साथै कम्पनीले मासिक रूपमा आयोजना गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमका सूचीमध्ये साउनका लागि तय भएको कार्यक्रमका रूपमा वृक्षारोपणको सुरुवात गरिएको र आर्थिक वर्ष २०८०/०८१ को हरेक महिनामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पूर्ण १३ वटै शाखाबाट विभिन्न कार्यक्रम गर्ने तय भएको कम्पनीले जनाएको छ । कम्पनीले हाल १३ शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा