लघुवित्त पीडितहरुले काठमाडौंको बिजुलीबजारमा गराए सडक जाम (तस्वीर)

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेका छन् ।

बिजुलीबजारको पुलमा उनीहरु धर्ना बसेका कारण बानेश्वर माइतीघर सडक खण्डमा गाडी प्रभावित भएका छन् ।

‘लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।

उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन्।

ADVERTISEMENT

आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ।

यसअघि उनीहरूले साउन १० गते नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसको भोलिपल्ट अर्थ मन्त्रालयले सह-सचिव भूपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । तर, पीडितहरूले आन्दोलनका कार्यक्रम जारी नै राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?