प्रस्तावित राजदूत तीन जनाको संसदीय सुनुवाइ पूरा 

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ ।

सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको हो ।

बैठकमा न्यूयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गर्नुभयो ।

सो क्रममा उहाँहरूले आफूलाई खटाएको नियोग र मुलुकबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गराउने, दुई देशबीचको सम्वन्ध थप सुदृढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने, आर्थिक कूटनीतिमा जोड दिने, वैदेशिक लगानी भित्र्याउन पहल गर्ने तथा वैदेशिक सहयोग प्राप्त गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

ADVERTISEMENT

यसअघि समिति सदस्यहरूले प्रस्तावित राजदूतलाई मुलुकको प्रतिनिधिका रूपमा काम गर्ने जिम्मेवारी भएकाले देश र नेपाली नागरिकको हितमा गर्व गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न सुझाव दिँदै हाम्रा प्राकृतिक सम्पदालगायत राष्ट्रिय धरोहरको प्रचारप्रसार तथा परम्परागतबाहेक नयाँ उपलब्धि देखिने गरी काम गर्न निर्देशन दिनुभयो ।

सरकारले परराष्ट्र सेवामा रहनुभएका वरिष्ठ सहसचिवलाई विभिन्न कूटनीतिक नियोग र मुलुकमा राजदूतका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

समितिले भोलि बिहीबार प्रस्तावित राजदूत घनश्याम लम्साल ९कुवेत०, तेजबहादुर क्षेत्री ९संयुक्त अरब इमिरेट्स० र धनबहादुर ओलीको (थाइल्यान्ड) को संसदीय सुनुवाइ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?