काठमाडौं । खिर दिवसका अवसरमा नेपाल डेरी एसोसिएसनले देशभरि विभिन्न कार्यक्रम गरी खिर दिवस मनाएको छ । एसोसिएसनका प्रदेश, जिल्ला र क्षेत्रीय रूपमा खिर खुवाएर खिर दिवस मनाएको हो । कोशी प्रदेशमा विभिन्न कार्यक्रम गरिनुका साथै हाल भइरहेको ल्याब टेक्निसियन तालिममा सहभागी सबैलाई खिर खुवाई खिरको महत्वबारे जानकारी दिइएको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभएको छ ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजन चिमोरिया, महासचिव हेमचन्द्र खनाल, सदस्य सुमन चिमरिया, अशेष बुढाथोकी, प्रदेश अध्यक्ष गंगाबहादुर खड्कालगायतका डेरी उद्योगीको सहभागिता थियो । मधेश प्रदेशमा प्रदेश अध्यक्ष राघौ सिंहको संयोजकत्वमा केन्द्रीय उपमहासचिव विजयप्रसाद चौरसिया र केन्द्रीय सदस्य नवीन चौरसियालगायत उद्योगीको उपस्थितिमा हरिवन नगरपालिकामा खिर खाने कार्यक्रम आयोजना गरिएको थियो ।
बागमती प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरेको संयोजकत्वमा काठमाडौंको कपन, आकाशेधारास्थित मौलिक बजार एवं मौलिक भान्छाघरमा सात प्रदेशको सात थरि खिर खुवाउने कार्यक्रममा सहआयोजकका रूपमा सहभागिता जनाएको थियो । त्यस्तै, गण्डकी प्रदेशमा प्रदेश अध्यक्ष एवं केन्द्रीय सचिव शिवहरि आचार्यको संयोजकत्वमा केन्द्रीय सल्लाहकार ज्ञानेन्द्र बजगाईंलगायतको उपस्थितिमा खिर खाने कार्यक्रम गरिएको थियो भने लुम्बिनी प्रदेशमा प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने, कोषाध्यक्ष दयाराम भण्डारी, सहसचिव शिव भुसाल, सदस्य भुवनेश्वर न्यौपाने, अर्जुन अधिकारी, निवर्तमान प्रदेश अध्यक्ष कृष्ण भट्टराई, पूर्व अध्यक्ष मेघराज भण्डारीलगायतको उपस्थितिमा बुटवलमा वृद्धा आश्रममा खिर खुवाउने कार्यक्रम आयोजना गरिएको एसोसिएसनले जनाएको छ ।
सोही दिन मौलिक बजार तथा मौलिक भान्छाघरले सात प्रकारका खिर खाने कार्यक्रम आयोजना गरेको थियो । भूगोल तथा ठाउँअनुसार मनाइने मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले मौलिक भान्छाघरले साउन १५ गते खिर महोत्सव आयोजना गरेको हो । जहाँ सात प्रकारका खिरमा लोकल चामल खिर, चिनो खिर, कागुनो खिर, मकै च्याँख्ला खिर, गहुँ च्याँख्ला खिर, जौ च्याँख्ला खिर र मार्सी चामलको ढकनी रहेका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा