काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार मन्त्रीहरु अनुसन्धानमा तानिने डरले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन बनाएर अनुसन्धान गर्न डराएको बताउनुभएको छ ।
सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उच्चस्तरका नेता र कर्मचारी तानिने डरले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न हिच्किचाइरहेको बताउनु भयो । उहाँले नेपाललाई सुन तस्करको अखडा बनाउने कुरा सह्य हुन नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘किन छानबिन समिति बनाउन चाहन्न सरकार भने त्यहाँ मन्त्रीहरु तानिन सक्छन्, हाइप्रोफाइलका कर्मचारी नेताहरु तानिन सक्छन् । त्यसैले सरकार उच्चस्तरीय छानबिन बनाउन तयार छैन, हामी नेपाललाई तस्करको अखडा बनाउन चाहँदैनौँ । अन्तर्राष्ट्रिय स्तरमा नेपाल बदनाम भएको छ । नेपाल तस्करीको हब बन्दैछ, यो कुरा रोक्नुपर्छ ।’
प्रमुख सचेतक गिरीले नेपाल सुन तस्करीको हब बन्न लागेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच