काठमाडौं । विगत वर्षहरू जस्तै यस वर्ष पनि साउन १५ गते खिर दिवस मनाइँदै छ । २०७७ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खिर खाने दिनका रूपमा (खिर दिवस) मनाउने निर्णय गरेसँगै खिर दिवस मनाइँदै आएको छ ।
खिर खाने प्रचलनको सुरुवात छिमेकी मुलुक चीनबाट भएको अनुमान गरिन्छ । खासगरी मध्यपूर्व एसिया, उत्तर अफ्रिका, पश्चिम एसिया, सार्क क्षेत्रमा बढी मात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ । हाल खिर विश्वका प्रायजसो मुलुकले विभिन्न नामबाट (भारतको गुजरातमा दूधपाक, वंगालीमा पायस, श्रीलंकामा क्रिवाथ) प्रयोग गर्ने गरेको पाइन्छ ।
नेपालमा पनि खिरलाई राम्रो सम्मानित आहारका रूपमा लिने गरिएको छ । विश्वमा खिर खाने प्रचलन १४औँ शताब्दीबाट सुरु भएको पाइन्छ । पछिल्लो समयमा खिरलाई विश्वमै सम्मानित आहारका रूपमा लिन थालिएको छ ।
खिर नेपालीलाई मनपर्ने परिकार भएकाले सरकारले यसलाई दिवसका रूपमा मनाउन थालेको दुग्ध विकास संस्थाले जनाएको छ । खिर दिवस प्रवद्र्धनमा सरकारभन्दा पनि निजी क्षेत्रका डेरी लागिपरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच