विमान दुर्घटना अध्ययन समिति गठन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वायु सेवा सञ्चालक संघले विमान दुर्घटना अध्ययन समिति गठन गरेको छ । विमान दुर्घटनामा धेरैले ज्यान गुमाएपछि संघले अध्ययनका लागि ट्रान्सफोर्स गठन गरेको हो ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले दुर्घटनाको कारण, न्यूनीकरणका उपायलगायतका विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताउनुभएको छ । हवाई सुरक्षा अभिवृद्धि गर्न गठित चार सदस्यीय समितिलाई एक महिनाको समय दिइएको छ ।

ADVERTISEMENT

पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वको समितिका क्याप्टेन हिराबाबु दाहाल, रवि कंसाकार र इञ्जिनियर एमके श्रेष्ठ सदस्य रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?