‘इथिकल बैंकिङ’ सेवामा जोड

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बैंकिङ क्षेत्रमा अपनाउन थालिएको विनियमन (डिरेगुलेसन)को अभ्यास र बढ्दो सूचना प्रविधिका कारण बैंकिङ क्षेत्रमा नैतिक अभ्यास अपरिहार्य बन्दै गएको नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । शुक्रबार मोर्गन इन्टरनेशनल कलेजद्वारा आयोजित इथिकल बैंकिङ विषयक सेमिनारमा राष्ट्र बैंकका उपनिर्देशक डा. गुणाकर भट्टले अबको बैंकिङ प्रणाली नियम कानुनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैंकले सर्वसाधारणको निक्षेपमा व्यवसाय गर्ने भएकाले अन्य संस्थाभन्दा बढी बैंकिङ क्षेत्रमै नैतिक अभ्यास आवश्यक पर्छ । सर्वसाधारणले पनि बैंक तथा वित्तीय संस्थाको नैतिक अभ्यासकै आधारमा मूल्यांकन गरेका हुन्छन् ।’

राष्ट्र बैंकका अर्का उपनिर्देशक रामशरण पोखरेलले बैंक तथा वित्तीय संस्थालाई स्वनियमनमा ल्याउन वित्तीय संस्थामा हुने नैतिक अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तीय संस्थालाई पारदर्शी र जवाफदेही बनाउन राष्ट्र बैंकले निरन्तर काम गरिरहेको छ । आगामी दिनमा बैंक तथा वित्तीय संस्था स्वनियमनमा रहनुपर्छ । त्यसलाई संस्थाभित्रको नैतिक अभ्यासले सघाउँछ ।’

ADVERTISEMENT

मोर्गन इन्टरनेशनल कलेजले विद्यार्थीलाई बैंकिङ क्षेत्रको असल अभ्यास र आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरेको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई व्यावहारिक रूपमै सक्षम बनाउन सेमिनारहरूले सहयोग गर्ने भएकाले नियमित रूपमा आयोजना गरिरहन्छौँ । स्रोत व्यक्तिका अनुभव विद्यार्थीलाई सुनाउँदा पनि प्रशस्त ज्ञान हासिल गर्न सक्छन् ।’ सेमिनारमा कलेजका स्नातक तहका विद्यार्थी, अध्यापक एवं कर्मचारीको सहभागिता थियो । मोर्गन कलेजले नियमित शृंखलाअन्तर्गत शुक्रबार बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनार आयोजना गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?