लघुवित्त संस्था बिरुद्धको संघर्ष समितिको सरकारलाई ध्यानाकर्षण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । लघुवित्तीय संस्था बिरुद्धको संघर्ष समितिले आफ्ना मागहरुको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।

लघुवित्तीय संस्थाहरुको खारेजीको माग गर्दै आन्दोलित भइरहेको लघुवित्तीय संस्था बिरुद्धको संघर्ष समितिले बिहीवार अर्थ मन्त्रालयका सहसचिवद्वय भुपाल बराल र धनिराम शर्मालाई भेट गरी आफूहरुको संघर्षको कार्यक्रम र मागहरुको सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।

समितिले लघुवित्तीय संस्थाहरुको खारेज, लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनाहा, गरिव किसानलाई निःशुल्क ऋण प्रदान, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकासको माग राखि आन्दोलनरत संघर्ष समितिले आफूहरुको सो माग र संघर्षको कार्यक्रमको बारेमा सहसचिवद्वयलाई जानकारी गराएको समितिका सचिव तथा वार्ता समिति संयोजक रमेश तामाङले बताउनु भयो । आफूहरुले पुनः छलफलका लागि बोलाउने आश्वासन पाएको पनि उहाँले बताउनु भयो ।

ADVERTISEMENT

समिति विगत १८ महिनादेखि संघर्षमा रहेको र विगत १५ दिनदेखि समितिका अध्यक्ष मनिराम ज्ञवाली माईतीघर मण्डलामा आमरण अनसनमा बसिरहेको उहाँले जानकारी दिनुभयो ।

साउन ५ गतेदेखि आफूहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको तामाङको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?