सुन तस्करी तथा भ्रष्टाचार प्रकरणलाई निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरु हुन्छ : रवि लामिछाने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणले भन्सार, सुरक्षा प्रमुखलगायतले पदमा बस्ने नैतिकता गुमाएको बताउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले सुन तस्करी प्रकणमा मुछिएका सरकारी कर्मचारीलाई बर्खास्त गर्नुपर्ने माग गर्नुभएको हो ।

ADVERTISEMENT

क्विन्टलका क्विन्टल सुन भित्र्याउने काण्डमा कर्मचारीको सरुवा गरेर मात्र हुन्छ भन्दै प्रश्न गरेका उहाँले भन्नुभयो, ‘जब यस्ता घटना आउँछ, अनि कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारबाही हो ? कारबाही गरेको कि पुरस्कार दिएको रु तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि सरुवा हो ?’

तस्करी तथा भ्रष्टाचारको काण्डमा सामान्य व्यक्ति पक्राउ पर्दा अन्यलाई सूचना लुकाउने, मिडिया न्यारेटिभ परिवर्तन गराउन समय मिलेको उहाँको भनाइ छ । यदी सुन तस्करी तथा भ्रष्टाचार प्रकरणलाई निष्कर्षमा नपु¥याए सरकारको दिनगन्ती सुरु हुने उहाँको चेतावनी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?