सुन तस्करीका मुख्य नाइके नसमातिए आमरण अनशन बस्ने कांग्रेस सांसद शर्माको चेतावनी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्नुभएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सुन तस्करीमा भरियालाई मात्र नभएर मुख्य नाइकेलाई पक्राउ गर्नुपर्ने माग गर्नुभएको हो ।

ADVERTISEMENT

सुन तस्करी प्रकरणलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका उहाँले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसदमै आमरण अनशन बस्ने चेतावनी पनि दिनुभयो ।

‘सुन प्रकरणलाई गुमचुम पारेर गाउँको बिचरा भरियालाई मात्रै हिरासत राख्ने र मुख्य नाइकेहरू भाग्छन् र अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरियामात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु‚’ उहाँले बैठकमा भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?