म्याड्रिड । स्पेनमा आइतबार सम्पन्न निर्वाचनको मतगणना करिब पूरा भएको छ । स्पेनी भाषाको दैनिक अखबार एल पाइसका अनुसार मतगणना लगभग पूरा भएको अवस्थामा निर्वाचनमा मध्य-दक्षिणपन्थी पपुलर पार्टी (पीपी) ले सबैभन्दा धेरै सीटमा विजयी भएको छ ।
निर्वाचनमा पिपीले सबैभन्दा बढी सिट प्राप्त गरेको छ भने सत्ताधारी सोशलिस्ट पार्टी (पीएसओई)ले सर्वेक्षणले अनुमान गरेभन्दा राम्रो प्रदर्शनसहित दोस्रो धेरै मत पाउन सफल भएको छ । विजयका बाबजुद पनि दक्षिणपन्थी समूह सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत ल्याउन सकेन । त्यसैले अवको सरकार गठन प्रक्रिया कठिन भएको छ ।
पीपी र अति दक्षिणपन्थी भोक्सले संयुक्त रूपमा १६९ सिट प्राप्त गरेका छन् भने पीएसओई र सुमार (१५ साना वामपन्थी पार्टीहरूको समूह) ले संयुक्तरूपमा १५३ सिट प्राप्त गरेका छन् । माथिल्लो सदनका २६५ सिटमध्ये २०८ सिटका साथै संसदको तल्लो सदनका सबै ३५० सिटका लागि निर्वाचन भएको हो ।
कंग्रेस अफ डेपुटिज (तल्लो सदन)को कूल ३५० मध्य पूर्ण बहुमत १७६ सिट आवश्यक भएपनि १३६ सिटका साथ पीपी अगाडि छ भने पीएसओई १२२ सिटका साथ दोस्रो स्थानमा छ । भोक्सले ३३ र सुमारले ३१ अंक प्राप्त गरेका छन् । एल पाइसका अनुसार बाँकी सिटहरू क्याटालोनिया र बास्क क्षेत्रका केही साना क्षेत्रीय पार्टीहरूले जितेका छन् ।
यसैबीच, प्रधानमन्त्री पेड्रो साञ्चेजले त्रिशंकु संसद् र पिपुल्स पार्टीले सबैभन्दा बढी सिट जितेपनि करिब ९९ प्रतिशत मत गणना गर्दा वाम गठबन्धनले जित हासिल गरेको दाबी गर्नुभएको छ । ‘हामीले चार वर्षअघिको तुलनामा धेरै मत, धेरै सिट र उच्च प्रतिशत जित हासिल गरेका छौं’, साञ्चेजले समर्थकलाई निर्वाचन परिणामबारे सान्त्वना दिँदै भन्नुभयो ।
गृह मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा आइतबार सम्पन्न निर्वाचनमा चार प्रतिशत बढी अंक अर्थात् ७०.३३ प्रतिशत मतदान भएको थियो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच