कम्युनिष्ट पार्टी एकतामा हरेस खानु हुँदैन : नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टी एकतामा हरेस खान नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कम्युनिष्टहरू मिल्न सक्ने, सहकार्य गर्न सक्नेहरूबीच एकता गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभयो । सबै कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुत पनि हामीले हरेक खानु हुँदैन । उहाँको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ । यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो । सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मेहनत गरेर प्रयत्न गर्नुपर्छ । जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्नसक्छौँ । त्यत्ति धेरै उर्जा पैदा गर्नसक्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्शान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकतावद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’

कम्युनिष्टहरू मिलाउन सकेमा शक्ति आर्जन गर्न सकिने बताउँदै उहाँले विभाजित हुँदा कम्युनिष्टहरूलाई नै नोक्सान हुने जिकिर गर्नुभयो । कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको उहाँको भनाइ थियो ।

ADVERTISEMENT

सबै कम्युनिष्टहरूलाई एकतावद्ध हुन गौतमको आहृवान
पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरूलाई एकतावद्ध हुन आहृवान गर्नुभएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी मोर्चा बनाउनु राम्रो भएपनि एक/दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताउनु भयो । उहाँले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताउनु भयो ।

उहाँले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिष्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताउनु भयो । उहाँले समाजवादी मोर्चामा दुई/तीन वटा पार्टी मात्रै नभइ नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताउनुभयो । नेता गौतमले पुष्पलालले देख्नुभएको सपना साकार पार्न कम्युनिष्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?