नेपाली कांग्रेसमा हिजो र आजको अन्तर

Read Time = 4 mins

✍️ पोषनाथ शर्मा

नेपाली कांग्रेसभित्र यतिबेला बहुआयामिक अन्तरसंघर्ष छ । आन्तरिक द्वन्द्व चर्किएको छ । पार्टी सभापतिले उत्साहको सञ्चार भर्न पनि नसक्ने, इतर पक्षका नेताले भरपर्दो विकल्प पनि दिन नसक्ने यसले गर्दा कांग्रेसलाई पूर्णतः डेडलकको स्थितिमा पुर्‍याएको छ । यस अवस्थामा हुन लागेको केन्द्रीय समितिको बैठकले, १४औं महाधिवेशनपछि भएण्का र गरिएका नीतिगत निर्णयको गम्भीर समीक्षा गरेर ठोस नीति र कार्यक्रम ल्याउन जरुरी छ । अहिले हामी एक आपसमा कार्यशैलीका विरुद्धमा लडेको भनेका छौं, एक अर्काको अस्तित्व स्वीकार गर्न गारो भइरहेको छ ।

गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रको विकल्प माओवादी हिंसा र निरंकुश राजतन्त्र दुवै अतिवादी शक्ति हुनै सक्दैन भन्ने बुझेर १२ बुँदे सहमति जस्तो ऐतिहासिक कार्य अगाडि बढाएर मुलुकलाई शान्ति र लोकतन्त्रको ग्यारेन्टी गरिदिनुभयो ।

ADVERTISEMENT

जब-जब हामी आपसमा लड्छौं, यसले पार्टीभित्रको असमझदारी र दूरी बढ्दै जाँदा, एउटाले अर्कोलाई निषेध गर्ने वा एक्लयाउने प्रवृत्तिको विकास हुन्छ । अनि यसले हामीलाई कहाँ पुर्‍याउँछ ? कांग्रेसभित्रको एकताको आधार भनेकै प्रजातन्त्र समाजवाद हो, ७० वर्षको इतिहासमा अनेक उतारचढाव आए पनि कांग्रेस बाँचेको छ । भविष्यका बारेमा हाम्रो आकांक्षा समान छन्, हामी सुन्दर भविष्य चाहन्छौं, शान्ति चाहन्छौं, समृृद्धि चाहन्छौं, सबै नेपाली जनताको जीवनस्तर उकास्न चाहन्छौं, भविष्यमा हाम्रा सन्ततिले दुःख नपाऊन् भन्न चाहन्छौं भने हाम्राबीचमा केको मतभेद ? यी सबै आकांक्षा र हिजोका हाम्रा अनुभवसँग नेपाली कांग्रेसलाई जोड्नुपरेको छ ।

इतिहासमा बीपी कोइरालाले कांग्रेसमार्फत नेपाल र नेपाली जनतालाई प्रजातान्त्रिक पद्धति दिनुभयो, त्यस्तै गणेशमान सिंहले वामपन्थी शक्तिसँगको सहकार्य र साझेदारीबाट, मुलुकको रुपान्तरण, सम्भव छ भन्ने ज्ञान दिनुभयो । गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रको विकल्प माओवादी हिंसा र निरंकुश राजतन्त्र दुवै अतिवादी शक्ति हुनै सक्दैन भन्ने बुझेर १२ बुँदे सहमति जस्तो ऐतिहासिक कार्य अगाडि बढाएर मुलुकलाई शान्ति र लोकतन्त्रको ग्यारेन्टी गरिदिनुभयो ।

यही जगमा आज नेपालको शासन व्यवस्था सञ्चालन भएको छ तर हामी यो मर्मलाई नबुझेर एक आपसमा लडेका छौं जग हसाइ गरेका छौं । विधि र पद्धतिलाई पन्छाउन खोज्दैछौं । तसर्थ अहिले देखिएको जटिल आन्तरिक द्वन्द्वको स्थायी समाधानको विधि केन्द्रीय समितिको निर्णयका आधारमा पार्टी सञ्चालित हुने व्यवस्था गरिनु नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?