पत्नी वियोगको बेला सबैको साथ पाउँदा पीडाबाट निस्किन प्रेरित गर्‍यो : प्रचण्ड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालको वियोगको शोकको बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले भन्नभुयो, ‘शोकको यो घडीमा यहाँहरूको साथ, समवेदना र सद्भावले हामीलाई पीडाबाट निस्कन मात्र मद्दत गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौँ, मैले र हाम्रो परिवारले ।’

पार्किन्सन्सजस्तो देखिने एकप्रकारको जटिल रोगबाट लामो समयदेखि ग्रसित सीता दाहालको गत असार २७ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जलि उनले पाएको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने ठानेको प्रचण्डले बताउनुभयो । उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे, ‘नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक, सांस्कृतिक असमानताको अन्त्य गर्न मैले मेरो बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा पनि जनताको अपार समर्थन र यहाँहरू सबैको सद्भाव र समवेदनाले व्यक्त गरेको हामीले महसुस गरेका छौँ ।’

सीता बिरामी परेपछि राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबैखाले पद्धतिबाट उपचारको प्रयास गरेको जानकारी प्रधानमन्त्री प्रचण्डले गराउनुभयो । बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजेको स्मरण उहाँले गर्नुभयो । ‘थला नै परेपछि अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो । तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन् । साढे सात बजे हामीले हस्पिटल लगेका थियौँ, साढे आठमा हामी सबैबाट बिदा भइन्,’ प्रचण्डले भन्नुभयो । उहाँले सीताको उपचारमा संलग्न चिकित्सकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रधानमन्त्री दाहालले अस्पतालदेखि पार्टी कार्यालय र आर्यघाटदेखि बालुवाटारसम्म स्व.सीता दाहालले पाएको सम्मान र श्रद्धाञ्जलि उहाँको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको आफूहरूले ठानेको उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

उहाँले यस घडीमा पाएको जनअभिव्यक्ति र जनउभारले आफू र परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको बताउनुभयो । ‘म आज उनको उपचारमा संलग्न चिकित्साकर्मीलगायत सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु । अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जलि उनको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने हामीले ठानेका छौँ । उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको छ,’ उहाँले भन्नुभयो ।

श्रद्धाञ्जलि कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?