परराष्ट्रमन्त्री आज थाइल्यान्ड जाँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाँदै हुनुहुन्छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन उहाँ आज बैंकक जान लाग्नुभएको हो ।

मन्त्री साउद आइतबार दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरवेजको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्ने उहाँको सचिवालयले जनाएको छ ।

बिम्स्टेक विदेशमन्त्रीहरूको रिट्रिट यही जुलाई १७ मा बैंककमा हुँदै छ । थाइल्यान्ड हाल बिम्स्टेकको अध्यक्ष राष्ट्र हो । बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो ।

ADVERTISEMENT

बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् । रिट्रिट बैठकमा क्षेत्रीय मुद्दाहरूमाथि छलफल हुनेछ ।

परराष्ट्रमन्त्री साउद आउँदो मंगलबार दिउँसो स्वदेश फर्कने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?