बेलायतमा ३५ प्रतिशत तलब बृद्धिको माग गर्दै डाक्टरहरू आन्दोलनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

लन्डन । बेलायती सरकारले डाक्टरहरूको पाँच दिन वाकआउटसहित छुट्टै हडताल अन्त्य गर्ने प्रयासमा लाखौं सरकारी कर्मचारीहरूको तलब बढाउने प्रस्तावमा सहमति जनाएको छ ।

प्रधानमन्त्री ऋषि सुनकले प्रहरी कर्मचारीको तलब ७ प्रतिशत, शिक्षकको ६ दशमलव ५ प्रतिशत र कनिष्ठ चिकित्सकको ६ प्रतिशत तलबभत्ता बढाउने प्रस्ताव गरेको तलब संशोधन निकायबाट आएको सुझावलाई सरकारले स्वीकार गरेको बिहीबार पुष्टि गरेको हो ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले यो प्रस्ताव अन्तिम भएको र तलबको विषयमा थप कुराकानी नहुने बताएका छन् । बेलायतको राज्य वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवाले अहिलेसम्मको सबैभन्दा लामो हडतालको सामना गरिरहेको छ किनभने इङ्गल्याण्डका हजारौं डाक्टरहरूले तलबको मुद्दालाई लिएर हिजो देखि पाँच दिनको वाकआउट सुरु गरेका छन्।

पोस्ट मेडिकल वर्षमा करियरको प्रारम्भिक चरणमा रहेका तथाकथित जुनियर डाक्टरहरूले बिहान ७ बजेदेखि हडताल सुरु गरेका हुन् । यी मध्ये धेरैले ३५ प्रतिशत तलब वृद्धिको लागि आफ्नो अडान लिन इङ्गल्याण्डका अस्पतालहरू बाहिर लाइन लगाएका छन ।

ADVERTISEMENT

डाक्टर्स युनियन ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) ले मुद्रा स्फीतिलाई ध्यानमा राख्दै जुनियर डाक्टरहरूको तलब २००८ को स्तरमा फर्काउन ३५ प्रतिशत तलब वृद्धि गर्न आह्वान गरेको हो।

यसैबीच, कोरोना भाइरसको महामारीका कारण उपचारका लागि पर्खिरहेका बिरामीको संख्याले कीर्तिमान कायम गरेसँगै बेलायतमा ७५ हजारभन्दा बढी कनिष्ठ चिकित्सकको कामको बोझ बढेको छ । डा रोबर्ट लरेन्सन र डा विवेक त्रिवेदीले आज एनएचएसको इतिहासमा डाक्टरहरूको सबैभन्दा लामो वाकआउटको सुरुवात भएको बताए।

स्वास्थ्य मन्त्री स्टीव बार्कलेले जुनियर डाक्टरहरूले पाँच दिनको वार्क आउटले हजारौं बिरामीहरूलाई असर गर्ने, बिरामीको सुरक्षालाई खतरामा पार्ने र एनएचएसको प्रतीक्षा सूचीहरू घटाउने प्रयासहरूलाई बाधा पुऱ्याउने बताए। उनले ३५ प्रतिशत वा सोभन्दा बढीको तलब वृद्धिको माग अव्यावहारिक भएको र यसले मुद्रास्फीति बढाउने जोखिम रहेको र सबैलाई गरिब बनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?