प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूची)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ ।

बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । हिजो राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो ।

ADVERTISEMENT

त्यसैगरी बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?