मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ९ एनए-एमभी कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

ADVERTISEMENT

हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचजना म्याक्सिकन नागरिक सवार थिए । हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए । हेलिकोप्टरमा म्याक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए ।

चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?